Information is intelligence
HomeInternationalयोगका विषयमा भारत र साउदी अरबबीच भयो सम्झौता

योगका विषयमा भारत र साउदी अरबबीच भयो सम्झौता

- Advertisement -spot_img

साउदी अरबले योगलाई प्रोत्साहित गर्नका लागि भारतसँग एक समझदारीमा हस्ताक्षर गरेको छ ।

साउदीको खेलकुद मन्त्रालय र भारतको आयुष मन्त्रालयसँग जोडिएको मोरारजी देसाई नेसनल इन्स्टिच्युट अफ योगबीच सम्झौता भएको हो ।

यस सम्झौतापछि अब साउदीमा योगलाई मान्यता दिइनेछ र पाठ्यक्रमहरूको बाटो खुल्नेछ ।

योगमा अनुसन्धान, शिक्षा र तालिमका विषयमा पनि साझेदारी गरिनेछ ।

समझदारीमा साउदीका लागि भारतका राजदूत डा औसफ सईद र साउदी खेलकुद मन्त्रालयको नेतृत्व विकास संस्थानका निर्देशक अब्दुल्लाह फैसल हमादले हस्ताक्षर गरेका हुन् ।

सोमवार अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा उक्त समझदारीमा हस्ताक्षर गरिएको हो ।

योगलाई हिन्दू धर्मसँग जोडेर इस्लामिक मुलुकहरूले यसप्रति उदासीनता देखाउने गरेकोमा साउदीसँगको यो सम्झौता निकै महत्त्वपूर्ण मानिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु