Information is intelligence
HomeHealthसन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री

सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइन्छ : प्रधानमन्त्री

- Advertisement -spot_img

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैलाई नागरिकलाई खोप लगाइने बताएका छन् ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए ।
भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए ।

यस अगाडि प्रधानमन्त्रीले आफूले घोषणा गरेको मंसिरको निर्वाचन अगाडि नै सबैलाई खोप लगाइसक्ने बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बालबालिका नै देशको भविष्य भए पनि विगतमा राजनीतिक र सामाजिक व्यवस्थाका कारण सबै बालबालिकाले उपयुक्त लालनपालन, शिक्षा र खेलकुद जस्ता पाउनै पर्ने हक समेत नपाएको उल्लेख गरे ।

यसतर्फ विगतका प्रायः सबै सरकारको ध्यान नगएको र कहिले काहीँ बालमन्दिर जस्ता संस्था निजी स्वार्थका माध्यम हुन पुगेको प्रधानमन्त्रीको भनाइ थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु