Information is intelligence
HomeInternationalइथियोपियामा वायु सेनाको कारवाही : कम्तिमा ८० जना मारिएको आशंका

इथियोपियामा वायु सेनाको कारवाही : कम्तिमा ८० जना मारिएको आशंका

- Advertisement -spot_img

अफ्रिकी मुलुक इथियोपियामा वायु सेनाको कारवाहीमा कम्तिमा ८० जना मारिएको आशंका गरिएको छ ।

इथियोपियाको उत्तरी तिग्रे प्रान्तमा गरिएको हवाइ हमलामा थुप्रै घाइते भएका छन् । इथियोपियाली सेनाले विद्रोहीहरुबाट बढेको सुरक्षा खतरा तटस्थ बनाउन हवाई हमला गरेको जनाएको छ ।

टिग्रे प्रान्तको राजधानी मेकेल्लेबाट २५ किलोमिटर टाढा टोगोगा शहरको व्यस्त बजारमा हवाई हमला गरिएको हो ।

सर्वसाधारणमाथि लक्षित गरी हवाई हमला नगरेको सेनाले स्पष्ट पारेको छ । यद्दपी संयुक्त राष्ट्रसंघले भने घटनाको छानबीन गर्न माग गरेको छ ।

इथियोपियामा विद्रोहीहरुले हालैका दिनमा आतंकबादी घटनाहरु गर्दै आएका कारण सरकारले उक्त क्षेत्रमा हवाइ कारवाही तीव्र पारेको जनाएको छ ।

आक्रमणलगत्तै रेडक्रसलगायतका सहायता संस्थाहरुले घाइतेहरुको उद्धार गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु