Information is intelligence
HomeHealthट्रमा सेन्टर सार्न लागेको भन्दै मेयरविरूद्ध प्रदर्शन

ट्रमा सेन्टर सार्न लागेको भन्दै मेयरविरूद्ध प्रदर्शन

- Advertisement -spot_img

जनकपुरधाम : ट्रमा सेन्टर अन्यत्र सार्न पाइँदैन भन्दै धनुषाको ढल्केबरमा स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । संघीय सरकारले आगामी आर्थिक वर्षमा ढल्केबर तोकेर निर्माण गर्ने भनी बजेट छुटयाएको ट्रमा सेन्टर मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले लालगढमा सार्न लागेको स्थानीयवासी प्रदर्शन गरेका हुन ।

विभिन्‍न राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीका संयुक्त सहभागिता बनेको ट्रमा सेन्टर बचाउ संघर्ष समितिको आयोजनामा मेयर महतोविरूद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागिहरुले पूर्वनिर्धारित स्थानमा ट्रमा सेन्टर निर्माण गर, ट्रमा सेन्टर अयन्त्र सार्न पाइँदैन, विकास विरोधी मेयर मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड तथा ब्यानर बोकर स्थानीय सरकारविरूद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

ढल्केवरस्थित कृषि हाट बजारबाट निस्किएको सो बिरोध जुलुस नगरको विभिन्‍न भागको परिक्रमा गर्दै मिथिला नगरपालिकाको कार्यालय पुगेर नगर प्रमुख हरिनारायण महतोलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख महतोले नगर बोर्डबाट ढल्केबरको लागि निर्णय गरेर सिफारिस गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका संयोजक बुधेश्वर महतोले बताएका छन् । उनले प्रतिबद्धता अनुसार निर्णय नभए थप शसक्त आनदोलन हुने चेतावनी दिए । समितिका अर्का संयोजक चन्देश्वर महतोले सरकारले ढल्केबरलाई तोकेर ट्रमा सेन्टर निर्माणका लागि बजेट छुट्याएकाले यही ठाउँमा बन्‍नुपर्ने बताए ।

संयोजक महतोले भने ट्रमा सेन्टरका लागि करीब डेढ दशकदेखि प्रयास भइरहेको र त्यसका लागि ४ कट्ठा जग्गा समेत वर्षौँदेखि छुटयाएर राखिएको छ । तर मेयरले आफ्नो व्यक्तिगत लाभका लागि ढल्केबरबाट लालगढमा सार्न लागेको आरोप लगाए ।

यता मेयर महतोले आफ्नो प्रयास ढल्केबरमै स्थापना होस रहेको छ । तर जग्गा आभाव र प्राविधिक समस्याले गर्दा लालगढ छनौट गरिएको बताए । उनले भने ट्रमा सेन्टरका लागि कम्तिमा तीन विग्घा जग्गाको आवश्यकता छ जुन ढल्केबरभित्र नगरपालिकाको जग्गा छैन, प्रस्तावित ठाउँमा मात्रै चार कट्ठा जग्गा छ । ठाउँ अभावमा लालगढको जग्गा छनौट गरिएको हो । यदि कसैले ढल्केवरमा तीन विग्घा भन्दा बढी जग्गा उपलब्ध गराई दिए त्यही निर्माण हुनेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु