Information is intelligence
HomeInternationalभारतमा कोरोना सङ्क्रमण दर घट्दो

भारतमा कोरोना सङ्क्रमण दर घट्दो

- Advertisement -spot_img

भारतको मुख्य शहरहरुमा कोरोना भाइरस सङ्क्रमण घट्दो क्रममा रहेको छ । भारतको दिल्ली, गुजरात, महाराष्ट्र जस्ता मुख्य शहरहरुमा पछिल्लो समय कोरोना सङ्क्रमण दर घटिरहेको छ ।

कोरोना भाइरसकोे दोस्रो लहरको महामारी फैलिएको भारतमा पछिल्लो समय सङ्क्रमण दर घटिरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, कोरोना बिरामी निको हुने दर पनि ८२ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यद्यपि, विहार, राजस्थान, सिक्किम, तामिलनाडु, त्रिपुरा र पश्चिम बङ्गालमा भने कोरोना सङ्क्रमण केही वृद्धि भएको तथ्याङ्क रहेको भन्दै सुरक्षा सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

भारतमा कोरोना भाइरसको दोस्रो लहरको सुरुवातमा दैनिक चार लाखसम्मसङ्क्रमण दररहेको थियो भने पछिल्लो समय घटेर ५५ हजार औसतमा झरेको इन्डिया टुडेले लेखेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु