Information is intelligence
HomeNews२ सय ग्राम सुनसहित २ जना पक्राउ

२ सय ग्राम सुनसहित २ जना पक्राउ

- Advertisement -spot_img

सिरहा : सशस्त्र प्रहरीले सिरहाको गोलबजारबाट स्रोत नखुलेको सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारको टोलीले लक्ष्मीपुरपतारी गाउँपालिका–४ का जीवछकुमार मण्डल र मोहम्मद साउद्दिन खानलाई दुई सय ग्राम सुनसहित पक्राउ गरेको हो ।

गस्ती टोलीलाई देखेपछि झोला र मोटरसाइकल छोडेर भाग्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा सुन फेला परेको सशस्त्र प्रहरी बेस क्याम्प गोलबजारका निरीक्षक श्यामबाबु यादवले जानकारी दिए ।

उनका अनुसार बरामद सुन जिल्ला भन्सार कार्यालय खैरटोकामा बुधबार बुझाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु