Information is intelligence
HomeNewsभारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार

भारतको बाटो हुँदै श्रीलंका पुगेका २५ नेपाली महिलाको उद्धार

- Advertisement -spot_img

भारतको बाटो हुँदै खाडी मुलुक हिँडेका २५ जना महिलालाई श्रीलंकाबाट उद्धार गरिएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वयमा श्रीलंकाबाट उद्धार गरेर उनीहरुलाई काठमाडौं ल्याइएको सो मन्त्रालयका सूचना अधिकारी निराजन घिमिरेले रातोपाटीलाई बताए ।

०७७ मा भारतको बाटो हुँदै श्रीलंका पुगेका उनीहरु कोभिड–१९ संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि त्यहिँ अलपत्र परेका थिए । अध्यागमन कानुन उल्लंघन गरेको मुद्दामा उनीहरु श्रीलंकाको कुरुभिजा कारागारमा थुनामा थिए । मुद्दा प्रक्रिया सकेर उनीहरुलाई सरकारले उद्धार गरेको हो । कोभिड–१९ पोजेटिभका कारण उनीहरुसँगै गएकी एक १ जना महिला अझै श्रीलंकामा छिन् ।

नेपाल एयरलाइन्सको जहाजबाट कतारको दोहा हुँदै उनीहरुलाई काठमाडौं ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचविखन ब्यूरो, महिला बालबालिका मन्त्रालय र माइती नेपालको टिमले त्रिभुवन विमानस्थलबाट उनीहरुलाई रिसिभ गरेका छन् ।

उद्धार गरिएका चेलीहरूलाई केही दिन माइती नेपालको संरक्षणमा राखिने मानव बेचविखन ब्यूरोकी एसएसपी दुर्गा सिंहले रातोपाटीलाई बताइन् । ०७७ कार्तिकमा खाडी मुलुक जान हिँडेका उनीहरु श्रीलंकामा अलपत्र परेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु