Information is intelligence
HomeNewsसहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनी दायरामा ल्याउन माग

सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनी दायरामा ल्याउन माग

- Advertisement -spot_img

विवेकशील साझा युवा सङ्गठनले जातीय विभेदको घटनामा राज्यको असंवेदनशीलता भर्त्सनायोग्य भएको बताएको छ ।

विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले बिहीबार जारी गरेको विज्ञप्तिमा बहुलवादी लोकतान्त्रिक गणतन्त्र अङ्गीकार गरेको एक्काइसौँ शताब्दीको नेपाली समाजमा मानिसले मानिसलाई मानिसको जस्तो व्यवहार गर्न नसक्नु दुःखद भएको उल्लेख गरेको छ । राज्यले सदियौँदेखि पछि पारिएका समुदायको भर्खर सुनिन थालेको आवाज दबाउने गरी पीडककै पक्षपोषण गरेको दृष्टान्त भयङ्कर लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ ।

‘प्रहरीले जातीय विभेदका उजुरी नलिने, पीडकलाई नै तथाकथित राजनीतिक दलका अगुवाहरूले मिलापत्र गर्न दबाब दिने र न्यायालय पुगेका मुद्दाहरूलाई समेत ठुलाठालुहरूले प्रभावमा पार्ने घटनालाई मात दिँदै संघीय सरकारको मन्त्रीले न्यायिक निरूपणमा परेका पीडित पक्षलाई आहत हुने गरी गरेका गतिविधि प्रति हामी घोर निन्दा गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।

गौतमले सामाजिक न्याय र समानुपातिक समावेशिताको जगमा मात्रै समतामूलक संवृद्धि हासिल हुने र राज्यले हरेक नागरिकलाई सहानुभूति दिलाउन सकिने भन्दै सरकारलाई यथाशीघ्र जातीय छुवाछुतका मुद्दा दर्ता प्रक्रिया छरितो र सहज बनाउन, सहरी क्षेत्रमा हुने छुवाछुत जन्य व्यवहारहरूलाई कानुनको दायरामा ल्याउन र मुलुकको संविधानले सुनिश्चित गरेका समानता, छुवाछुत विरुद्धको हक लगायतका मौलिक हकहरूको पूर्ण कार्यान्वयन गर्न अग्रसरता लिन पनि विज्ञप्तिमार्फत सरकारसँग माग गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु