Information is intelligence
HomePoliticsजसपा ठाकुर पक्षको बैठक बस्दै

जसपा ठाकुर पक्षको बैठक बस्दै

- Advertisement -spot_img

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले आफुपक्षीय नेताहरुको बैठक बोलाएका छन् । उनले आज बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो विकसित राजनीतिक परिस्थितिका विषयमा छलफल हुने नेता उमाशंकर अरगरियाले बताए । सर्वोच्चको अन्तरिम आदेशपछि जसपाका दुई राज्यमन्त्री र ९ जना मन्त्री पदमुक्त भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग अब कसरी सहकार्य गर्ने र पार्टीको आन्तरिक विवाद कसरी समाधान गर्ने भन्ने विषयमा आज छलफल हुने बताइएको छ ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय