Information is intelligence
HomeNewsमोटरसाइकल जलाउने २ जना पक्राउ

मोटरसाइकल जलाउने २ जना पक्राउ

- Advertisement -spot_img

रामेछापको खाँडादेवी गाउँपालिका–३ आपचौरमा रोकिराखेको मोटरसाइकलमा आगजनी र तोडफोड गर्ने २ युवालाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

गत असार ८ गते मध्यरातमा सडकमा रोकिराखेको बा१९प ७१ नम्बरको मोटरसाइकलमा आगजनी गर्ने र प्रदेश ३–०२–०१३ प १३ नम्बरको मोटरसाइकल तोडफोड गर्नेलाई बुधवार राति पक्राउ गरिएको रामेछाप जिल्ला प्रहरी प्रमुख डीएसपी नवराज ढुंगानाले बताए ।

आगजनी र तोडफोड गरी फरार रहेका सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी २८ वर्षीय पदमबहादुर कार्की र ३० वर्षीय लक्ष्मण खत्री रहेका छन् ।

अभियुक्तद्वयले वडाका स्थानीयको मोटरसाइकलमा क्षति पुर्‍याएको भन्दै पीडितले प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

रातको समयमा मादक पदार्थ सेवन गरी उपद्रो गर्ने अभियुक्तलाई बिहीवार जिल्ला अदालतबाट मुलुकी अपराध संहिता अनुसार आपराधिक उपद्रव मुद्दामा म्याद थप गरी अनुसन्धान थालिने डीएसपी ढुंगानाले जानकारी दिए ।

ढुंगानाले भने, ‘प्रहरीको प्रारम्भिक अनुसन्धानमा कसूरदारद्वयले आफूले मादक पदार्थ सेवन गरी आगजनी र तोडफोड गरेको स्वीकार गरेका छन् ।’

मुलुकी अपराध (संहिता) ऐन २०७४ अनुसार अदालतबाट आपराधिक उपद्रो गरेको ठहरिएमा ३ वर्ष कैद, ३० हजारसम्म जरिवाना साथै हानीनोक्सानी भएको बिगो बराबरको क्षतिपूर्ति कसूरदारबाट पीडितलाई भराइदिने व्यवस्था रहेको छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय