Information is intelligence
HomePoliticsखाली रहेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई बाँडियो

खाली रहेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई बाँडियो

- Advertisement -spot_img

काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गरेका छन् । सर्वोच्च अदालतको अन्तरिम आदेशबाट २० जना मन्त्री पदमुक्त भएपछि खाली रहेका मन्त्रालयको प्रधानमन्त्रीसहित ५ मन्त्रीलाई जिम्मेवारी बाँडिएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई रक्षा तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी छ ।

विष्णु पौडेलले अर्थसहित उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा र गृह मन्त्रालय, कृष्ण गोपाल श्रेष्ठले शिक्षासहित वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य मन्त्रालय, बसन्तकुमार नेम्वाङले भौतिकसहित कृषि, खानेपानी, सञ्चार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसैगरी लीलानाथ श्रेष्ठले कानुनसहित भूमि व्यवस्था, महिला तथा जेष्ठ नागरिक, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय