Information is intelligence
HomeEconomyजीवन विकास लघुवित्तको आईपीओ खुल्यो

जीवन विकास लघुवित्तको आईपीओ खुल्यो

- Advertisement -spot_img

जीवन विकास लघुवित्त वित्तीय संस्थालाई प्राथमिक सेयर (आईपीओ) खुलेको छ । जीवन विकासले असार ११ गतेबाट आइपीओ बिक्री खुल्ला गरेको हो ।

१८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् छिटोमा १५ गतेसम्म र बिक्री नभएमा ढिलोमा २५ गतेसम्म आवेदन दिन पाइने छ । न्यूनतम १० कित्ता र अधिकतम १००० कित्ताका लागि आवेदन दिन पाईने छ।

कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ। 

कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु