Information is intelligence
HomeSportsयुरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनल खेल आज देखि

युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनल खेल आज देखि

- Advertisement -spot_img

युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलका खेलहरू शनिबारदेखि सुरु हुँदैछ । पहिलो दिन दुई खेल हुँदै ।

समूह ‘ए’को उपविजेता वेल्स र समूह ‘बी’को उपविजेता डेनमार्क तथा अर्काे खेलमा समूह ‘ए’को विजेता इटाली र समूह ‘सी’को उपविजेता अस्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्रुएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९ः४५ बजे तथा इटाली र अस्ट्रियाबीचको खेल वेम्वली स्टेडियम लन्डनमा राति १२ः४५ बजे हुनेछ ।

लन्डनमा अस्ट्रियाविरुद्ध मैदान उत्रँदा उपाधि दावेदार इटालीको एकै लक्ष्य अस्ट्रियालाई हराउँदै आफ्नो अपराजित यात्रालाई लम्ब्याउने अनि आफ्नै नाममा रहेको कीर्तिमान भंग गर्ने हुनेछ । अन्तर्राष्ट्रिय फुटबलमा इटाली लगातार ३० खेल अपराजित रहेर दुर्लभ कीर्तिमानको नजिक छ । इटालीले अस्ट्रियालाई हराउन सके नयाँ कीर्तिमान राख्नेछ । इटालीले वेल्समाथि जितसँगै ८२ वर्ष पुरानो कीर्तिमान बराबरी गरेको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु