Information is intelligence
HomeNewsकञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ

- Advertisement -spot_img

धनगढी : कञ्चनपुरमा लागुऔषध ब्राउनसुगरसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको वेदकोट नगरपालिका-९ का २२ वर्षीय नरेन्द्र मडै रहेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको बोर्डर आउट पोष्ट पचुइबाट खटिएको टोलीले उनलाई बेलौरी नगरपालिका-८ को कालोपुलबाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणले मडैको साथबाट ६.९० ग्राम ब्राउन सुगरसमेत बरामद गरेको जनाएको छ । उनलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु