Information is intelligence
HomeNewsप्रधानमन्त्रीले मदन भण्डारी प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्ने

प्रधानमन्त्रीले मदन भण्डारी प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्ने

- Advertisement -spot_img

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने भएको छ। सोमबार मदन भण्डारीको जन्मोत्सवको अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक सत्रको उद्घाटन गर्ने भएका हुन्। प्रतिष्ठानको रजिष्ट्रार राजेश प्रसाईंका अनुसार प्रधानमन्त्री ओलीले भर्चुअल रुपमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

प्रतिष्ठानले स्थापना भएको पहिलो वर्षमा तीनवटा विषय अध्यापन गराउने अनुमति पाएको छ। चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रका लागि प्रतिष्ठानलाई ८० सिट निर्धारण गरेको छ। जसमा बिपिएचमा २०, बिफार्मा ३० र बिएस्सी एमएलटीमा ३० सिट तोकिएको छ। प्रसाईंले चिकित्सा शिक्षा आयोगले परीक्षा केन्द्र रोज्न विद्यार्थीलाई अनुरोध गरिसकेको हुँदा आगामी साउनदेखि नै शैक्षिक कार्यक्रम सुरु हुने जानकारी दिए।

यस्तै गरी मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा मदन भण्डारीको जन्मोत्सवको अवसरमा सोमबारदेखि डायलसिस सेवा सुरु हुने जनाइएको छ। हेटौंडा उपमहानगरपालिकाको पहलमा प्राप्त भएको पाँचवटा मेसिनबाट पहिलोपटक अस्पतालले डायलासिस सेवा दिन लागेको प्रसाईंले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु