Information is intelligence
HomeAgricultureकृषकलाई आत्मनिर्भर बनाउन पाडी वितरण

कृषकलाई आत्मनिर्भर बनाउन पाडी वितरण

- Advertisement -spot_img

पाँचखाल नगरपालिकाले नगरका कृषकहरूलाई आत्मनिर्भर बनाउन उन्‍नत जातका पाडी वितरण गरेको छ । लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत नगरपालिकाले ५० प्रतिशत अनुदानमा पाँचखालनगरमा १ सय ५४ वटा पाडी वितरण गरिने नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

व्यवसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन‍नत जातको भैसी वितरण कार्य सुरु गरेको बताउँदै नगरप्रमुख खरेलले नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिए । वितरण गरिएको सबै पाडीको विमासमेत भइसकेको छ ।

नगरपालिकाले पहिलो चरणमा वडा नं ३ मा २५ वटा, वडा नं ५ मा ६० वटा, वडा नं ६ मा २५ तथा वडा नं १३ मा ४४ वटा पाडी वितरण गर्न लागेको छ ।

शनिबार एक कार्यक्रमबीच वडा नं ५ का कृषकहरूलाई ६० वटा पाडी वितरण गरिएको नगरका पशु विकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेलले कृषकहरुलाई पाडी वितरण गरेका थिए ।

कार्यक्रममा पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु