Information is intelligence
HomeNewsचीनद्वारा सगरमाथामा सुरुङ बनाएर रेलमार्ग बनाउने प्रस्ताव

चीनद्वारा सगरमाथामा सुरुङ बनाएर रेलमार्ग बनाउने प्रस्ताव

- Advertisement -spot_img

उत्तरी छिमेकी मित्रराष्ट्र चीनले नेपाल जोड्ने रेलमार्ग सगरमाथा राष्ट्रिय निकुञ्जको भूमिगत बाटो भएर निर्माणको तयारी गरेको छ ।

चीनले नेपाल–चीनबीचको प्रस्तावित रेलमार्गको विषयमा अनुसन्धान जारी रहेको बेला चिनियाँ पक्षले विभिन्न ६ वटा विकल्पमा छलफल अघि बढाएको छ । ६ विकल्पमध्ये कुनमा जाने भन्नेमा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । तर, उक्त प्रस्तावमा रेलमार्ग १ हजार किलोमिटरसम्मका हुने उल्लेख गरिएको छ ।

जसमध्ये सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गर्ने विषयलाई महत्व दिएको पाइएको छ । चीनले अन्य भूभागबाट नेपालमा रेल ल्याउन कठिन भएको जनाउँदै सगरमाथा राष्ट्रिय निकुञ्जको बाटोलाई विकल्पका रूपमा अघि सारेको हो ।

नेपाल–चीन रेलमार्गको परियोजना विकासमा खटिएका शीर्ष इन्जिनियरले आफ्नो अध्ययनपछि बुझाएको सुझावसहितको प्रतिवेदनमा रेलमार्गको केही भाग संरक्षित क्षेत्र हुँदै जानुको विकल्प नरहेको उल्लेख गरिएको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । एक वरिष्ठ इन्जिनियरले राष्ट्रिय निकुञ्ज हुँदै आउने रेलमार्गलाई सुरुङमार्फत लैजान सकिने विकल्प दिएका छन् ।

चिनियाँ पक्षले सो रेलमार्ग निर्माणका लागि ८ बिलियन अमेरिकी डलर लागत लाग्ने जनाएको छ । रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने चिनियाँ पक्षको दाबी छ ।

अध्ययन प्रतिवेदनअनुसार रेलमार्गको ३० किलोमिटर क्षेत्र राष्ट्रिय निकुञ्ज हुँदै जानेछ । रेलमार्गको सुरुङको एक तिहाइ भाग पूर्ण रूपमा राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षित क्षेत्रमा पर्ने बताइएको छ । सो सुरुङ पूर्णरूपमा भूमिगत अर्थात् अन्डरग्राउन्डमार्फत निर्माण गर्ने प्रस्तावमा उल्लेख छ । जहाँ एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने तयारी छ ।

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै रेलमार्ग बनाउने प्रस्तावको विषयमा नेपाली पक्षले भने अहिलेसम्म केही पनि खुलाएको छैन । चीनको बेल्ट एन्ड रोड इन्सियटिभअन्तर्गत चीन र नेपालबीच दुई देशलाई जोड्ने रेलमार्ग बनाउनेसम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो ।

यसअघि पनि नेपाल–चीन जोड्ने रेलमार्गको विषयमा विभिन्न अध्ययन हुँदै आएका छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बन्ने रेलमार्गको विषय भने यो पहिलोपटक छलफलमा आएको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु