Information is intelligence
HomePoliticsएमाले स्थायी कमिटि बैठक बस्दै

एमाले स्थायी कमिटि बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको थियाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटि बैठक बस्ने पार्टीका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

बैठकमा ओली खेमाका स्थायी कमिटि सदस्यहरु मात्रै सहभागी हुने बुझिएको छ। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आन्तरिक छलफलका लागि बैठक डाकिएको जानकारी दिए पनि एजेण्डा निश्चित नभएको बताए। शनिबार पत्रकार सम्मेलन गर्दै एमाले असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष ओलीसँग अहिलेकै अवस्थामा सहकार्य गर्न नसकिने बताएका थिए।

उनले विपक्षी गठबन्धनसँगको सहकार्य नतोड्ने प्रष्ट पारेका थिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु