Information is intelligence
HomeInternationalमायामीमा भत्किएको भवनको डिजाइनमा ‘गम्भीर त्रुटी’

मायामीमा भत्किएको भवनको डिजाइनमा ‘गम्भीर त्रुटी’

- Advertisement -spot_img

अमेरिकाको मायामीमा भत्किएको भवनको डिजाइनमा गम्भीर त्रुटी रहेको यसअघि नै औँल्याइएको खुलेको छ । स्थानीय समय अनुसार बिहीबार बिहानै १२ तले आवसीय भवन भत्किएको हो । अहिलेसम्म पाँचजनाको ज्यान गएको पुष्टि भएको छ ।

फ्लोरियाडा राज्यको मायामी स्थित सो भवनको भग्नावशेषमा १५९ जना बेपत्ता छन् । सन् २०१८ मा गरिएको निरीक्षणमा भवनको डिजाइनमा ‘गम्भीर त्रुटी’ रहेको उल्लेख गरिएको थियो । इन्जिनियरहरुले गरेको निरीक्षणपछिको प्रतिवेदन अहिले मात्रै सार्वजनिक गरिएको हो । पानीको निकासीका लागि गरिएको व्यवस्थामा त्रुटी रहेको प्रतिवेदनमा उल्लेख छ ।

धेरै मानिसहरु सुतिरहेका बेला भवनको केही भाग बिहीबार बिहान भत्किएको हो । बेपत्ताहरु जीवितै उद्धार गर्न सकिने आश कमजोर बन्दै गएको छ । भग्नावशेषमा आगलागी हुँदा शनिबार उद्धार कार्यमा अवरोध भएको जनाइएको छ । मायामी–डाडेका मेयरले अझै बेपत्ताहरुको खोजी तथा उद्धारको प्रयास जारी रहेको बताएका छन् ।

के कारणले ४० वर्ष पुरानो सो भवन भत्कियो भन्ने अझै खुलेको छैन । घटना हुँदा कतिजना थिए भन्ने स्पष्ट छैन । यसअघि राष्ट्रपति जो बाइडेनले फ्लोरिडाका लागि आपतकालिन अवस्था घोषणाको प्रस्ताव स्वीकृत गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु