Information is intelligence
HomeNewsकमलामाईमा ९० प्रतिशत विद्युतीकरण

कमलामाईमा ९० प्रतिशत विद्युतीकरण

- Advertisement -spot_img

सिन्धुली : कमलामाई नगरपालिकाको ९० प्रतिशत भूभागमा विद्युतीकरणको काम सकिएको छ । पछिल्लो पटक वडा–८ मा बिजुली बत्ती बलेसँगै नगर क्षेत्रको ९० प्रतिशत भूभागमा विद्युतीकरणको काम सकिएको हो ।

वडाको तिनतले, पातिपरान, माइखोला, सिद्धेडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दी गाउँ यतिखेर बिजुलीले झलमल्ल बनेको छ । साढे २ करोड खर्चेर बिस्तार गरिएको विद्युत् सेवाबाट उक्त वडाका दुई सय घरपरिवार लाभान्वित भएका छन् । कमलामाईका १४ वडामध्ये वडा–१ र ४ को केही भागबाहेक सबै क्षेत्रमा विद्युतीकरण भएको नगरप्रमुख खड्गबहादुर खत्रीको दाबी छ ।

उनका अनुसार चालु आवमा विद्युतीकरणका लागि विनियोजित ६ करोड रुपैयाँले विद्युत् सेवा पुग्न बाँकी वडा–७, ८ र १० का सबै भूभागमा सेवा बिस्तार गरिएको छ । ‘बाँकी भूभागमा पनि असार मसान्तसम्ममा पुग्छ,’ उनले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु