Information is intelligence
HomeNewsबालसुधार गृहबाट चार बालक फरार, एक पक्राउ

बालसुधार गृहबाट चार बालक फरार, एक पक्राउ

- Advertisement -spot_img

विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार भएका छन् । फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् ।

तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।

बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् ।

भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि रहेका बालक हुन् ।
उनीहरुको खोजी जारी राखिएको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिए । ‘फरार मध्ये एक जना पक्राउ परेका छन्,’ उनले भने, ‘अरूको पनि खोजी कार्यमा प्रहरी जुटेको छ ।’
सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेको थिए । कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहबाट एक वर्ष अगाडी पनि दुई जना फरार भएका थिए । त्यसबेला फरार भएको पाँच दिनपछि झापादेखि पक्राउ परेका थिए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु