Information is intelligence
HomeNewsसुनसरीको कोसी गाउँपालिकामा दुर्घटना : ३ को मृत्यु, दुई घाइते

सुनसरीको कोसी गाउँपालिकामा दुर्घटना : ३ को मृत्यु, दुई घाइते

- Advertisement -spot_img

विराटनगर : सुनसरीको कोसी गाउँपालिका ८ मा हायस गाडीले पिकअप र मोटरसाइकललाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका ८ नङखुमा बिहान दुर्घटना भएको प्रदेश नम्बर १ प्रहरी कार्यालयले जनाएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको बा ३ ख ७२२४ नम्बर हायस गाडीले विपरीत दिशाबाट आइरहेको स ६ प ४६६१ नम्बर र को १ च ९३६८ नम्बर पिकअप गाडीलाई ठक्कर दिएको थियो । मोटरसाइकल चालक सप्तरीको डाक्नश्वरी ५ का २८ वर्षीय उदय साह र पछाडि बसेका विराटनगर ९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिकिस्त घाइते भएका उनीहरुको सुनसरीको इनरुवास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । दुर्घटनामा हायस गाडीका चालक नुवाकोटको विदुर नगरपालिका १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक विदुर ११ का २५ वर्षीय नारायण बत्स्याल घाइते भएका छन् ।

उनीहरु दुवैको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका तिनैवटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु