Information is intelligence
HomeInternationalभारतमा थपिए ५० हजार नयाँ संक्रमित

भारतमा थपिए ५० हजार नयाँ संक्रमित

- Advertisement -spot_img

भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार सो अवधिमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ।

हाल भारतमा सक्रिय संक्रमितको संख्या पाँच लाख ८६ हजार ४०३ रहेको र संक्रमण निको हुने दर ९६.७५ प्रतिशत पुगेको जनाइएको छ।

तीन करोड दुई लाख भन्दा बढि कुल संक्रमित पुगेको भारतमा हालसम्म कोभिड–१९ बाट तीन लाख ९५ हजार भन्दा धेरैको ज्यान गएको छ।

अहिलेसम्म ३२ करोड १७ लाख भन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु