Information is intelligence
HomeNewsसवारी साधन चोरी गरी खरिद बिक्री गरेको आरोपमा ६ जना पक्राउ

सवारी साधन चोरी गरी खरिद बिक्री गरेको आरोपमा ६ जना पक्राउ

- Advertisement -spot_img

भक्तपुरमा मोटरसाइकल तथा स्कुटर चोरी गरेको आरोपमा चार र चोरीको स्कुटर खरिद गरेको आरोपमा दुई गरी ६ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उक्त सवारी साधन चोरी गर्ने धादिङको थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–८ बस्ने २८ वर्षीय सुमन भनिने अर्जुन तमाङ, भक्तपुर नगरपालिका–२, दत्तात्रय घर भई हाल भक्तपुर नगरपालिका–८, लिवाली बस्ने १९ वर्षीय वैद्य भनिने विजय ह्याङ्जु, दोलखाको सैलुङ गाउँपालिका–२ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–६, सुन्दरबस्ती बस्ने २९ वर्षीय दिनेश तामाङ वाइबा र भक्तपुर नगरपालिका–८, लिवाली घर भएका २० वर्षीय साइन भनिने रमेश कोजु रहेका छन् ।

यसैगरी, चोरीको स्कुटर खरिद गर्नेहरू काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ घर भई हाल सूर्यविनायक नगरपालिका–१०, पलाँसे बस्ने २३ वर्षीय अविनाश तामाङ र दाङको लमही घर भई हाल सूर्यविनायक नगरपालिका–१०, पलाँसे बस्ने २२ वर्षीय आकाश मगर रहेका छन् ।

भक्तपुर नगरपालिका–१०, कमलविनायक डेरा गरी बस्ने लक्ष्मणबहादुर विकको भे७प ४४१३ नम्बरको मोटरसाइकल गएको जेठ ३० गते हराएको भन्ने सूचनापछि महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धान गर्नेक्रममा उक्त मोटरसाइकलको नम्बर परिवर्तन गरी बा७१प ४७०३ नम्बर बनाएर चलाएको अवस्थामा मोटरसाइकल चोरी गर्ने चारजनालाई पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा कीर्तिपुर नगरपालिका–१५ बस्ने रवीन्द्र नेपालको बा३६प १५८८ नम्बरको स्कुटरसमेत उनीहरूले चोरी गरी बेचेको खुल्न आएपछि स्कुटर खरिद गर्ने दुईजनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु