Information is intelligence
HomePoliticsएमालेको समस्यामा ‘खुचिङ’ नगरौँ : ज्ञवाली

एमालेको समस्यामा ‘खुचिङ’ नगरौँ : ज्ञवाली

- Advertisement -spot_img

काठमाडौं । नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले एमालेको समस्यामा ‘खुचिङ’ नगर्न आग्रह गरेका छन् ।

आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठकपछि उनले एमालेले कारबाही गरेका कर्णालीका चार सांसदको पुुनर्बहालीको विषयमा त्यस्तो आग्रह गरेका हुन् ।

Duber nepal

Agani Group

सर्वोच्च अदालतको आदेशले एमालेको महाधिवेशन कमिटी अस्वीकार गरेको थियो । उनले त्यो त्रुटिपूर्ण भएको पनि बताए ।

“हाम्रो चिन्ता नेकपा एमालेलाई अप्ठ्यारो प¥यो भन्ने होइन । कर्णाली प्रदेशमा चारजना साथीहरु कारबाहीमा परेका छन् । उनीहरु आउँदा कार्यान्वयन हुँदा समझदारी हुने हो भनेदेखि क्षणिक रुपमा एमालेको सरकार बन्छ । एमालेलाई फाइदा नै छ । तर, प्रश्न यो होइन । फ्लोर क्रस गर्दा पनि कारबाही भएन भने मुलुकको दलीय प्रणाली टिक्छ ? हाम्रो चिन्ताको विषय यही हो । अरु दलहरुलाई एमालेमा परेको समस्यामा खुचिङ नगर्न म आग्रह गर्छु,” ज्ञवालीले भने ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु