Information is intelligence
HomeSportsयुरोकपको क्वाटरफाइनलमा चेक रिपब्लिक र बेल्जियम, नेदरल्यान्ड्स र पोर्चुगल बाहिरिय

युरोकपको क्वाटरफाइनलमा चेक रिपब्लिक र बेल्जियम, नेदरल्यान्ड्स र पोर्चुगल बाहिरिय

- Advertisement -spot_img

 युरोकपको क्वाटरफाइनलमा  चेक रिपब्लिक र बेल्जियम प्रवेश गरेको छ ।

हंगेरीमा आइतबार राति भएको प्रि-क्वाटरफाइनलमा चेक रिपब्लिकले १० खेलाडीमा सिमित नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गरेको हो  । चेक रिपब्लिकलाई जित दिलाउन टोमस होल्स र प्याट्रिक शिकले एक एक गोल गरे । जारी युरोकपमा शिकको यो चौंथो गोल हो ।

चेक रिपब्लिकले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

 यता साविक विजेता पोर्चुगललाई १-० गोल अन्तरले पराजित गर्दै बेल्जियम अन्तिम आठमा पुगेको हो । सेभियास्थित स्टाडियो ला कुर्ट्जा स्टेडियममा बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु