Information is intelligence
HomeNewsकाठमाडौंका उपत्यकाका तीन जिल्लाका सिडिओबैठक बस्दै

काठमाडौंका उपत्यकाका तीन जिल्लाका सिडिओबैठक बस्दै

- Advertisement -spot_img

काठमाडौंका उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरु बैठक बस्दैछन् । निषेधाज्ञाबारे थप निर्णय लिनको लागि  सिडिओहरुको बैठक बस्न लागेको हो । सिडिओहरुको बैठक आइतबार पनि बसेको थियो तर बैठकले ठोस निर्णय लिन नसकेपछि पुनःआज बैठक बस्न लागेको हो ।

जारी निषेधआज्ञाको समय आज (सोमबार) सकिँदै गर्दा तीन जिल्लाका स्थानिय प्रशासनले केही मापदण्ड बनाएर अब भने सार्वजनिक यातायात संञ्चालन गर्न दिने तयारी पनि गरेको छ । 

एक साता देखी ट्याक्सीलाई जोर–विजोरका आधारमा संञ्चालन गर्न अनुमति दिईएको थियो । यसै गरी पसलहरुलाई पनि बर्गिकरण गरेर संञ्चालन गर्न स्थानिय प्रशासनले  अनुमति दिएको थियो ।

तर सबै प्रकारका सभा सम्मेलन, सैलुन, क्लब, ब्यूटी पार्लर, जिमलगायतमा लगाएको रोक कायमै राख्दै  सार्बजनिक स्थानमा  धेरै मानिस भेला हुन रोक लगाउने निर्णय भने यथावत रहने छ । 

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु