Information is intelligence
HomeInternationalतातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

तातो हावाले अमेरिका र क्यानडाको जनजीवन प्रभावित

- Advertisement -spot_img

 उत्तर पश्चिम अमेरिका  र क्यानडाका विभिन्न क्षेत्रमा अत्याधिक तातो हावाको कारण जनजीवन प्रभावित भएको छ।

तातो हावाका कारण क्यालिफोर्निया र ओहायो राज्य पनि प्रभावित भएको छ। राजधानी वासिङ्गटन र ओरेगन राज्यमा तापमान ५० डिग्री सेल्सियस जान सक्ने चेतावनी दिइएको छ।

सियाटलमा ३८ डिग्री सेल्सियस मापन गरिएको छ। ओरेगनको केही शहरमा तातो हावाले ज्यानै जान सक्ने भन्दै स्थानीयलाई सचेत रहेन आग्रह गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

केही शहरमा चिसोका लागि कुलिङ सेन्टरहरु समेत खोलिएको छ।

क्यानडा, ब्रिटिस कोलम्बियामा शनिवार तापमान ४३ डिग्री सेल्सियसमाथि मापन गरिएको थियो।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु