Information is intelligence
HomeInternationalइथियोपियाको तिग्रेमा सरकारको एकतर्फी युद्धविराम

इथियोपियाको तिग्रेमा सरकारको एकतर्फी युद्धविराम

- Advertisement -spot_img

इथियोपियाको सरकारले विद्रोहीहरुको पकड रहेको क्षेत्र तिग्रेमा युद्धविरामको घोषणा गरेको छ ।

प्रधानमन्त्री अबी अहमदले वार्ताबाटै समस्याको समाधान गर्न तयार रहेको भन्दै युद्धविरामको घोषणा गरेको बीबीसीले जनाएको छ ।

लामो समयदेखि विद्रोही तिग्रे समूहको सशस्त्र द्वन्द्वका कारण हजारौं विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघले सरकार र विद्रोहीको द्वन्द्वका कारण सो क्षेत्रमा ५० लाख भन्दा बढी सर्वसाधारणलाई मानवीय सहायताको खाँचो रहेको औंल्याएको छ ।

पछिल्ला केही हप्तामा विद्रोहीले आफ्ना सशस्त्र गतिविधिलाई तीव्र पारेसँगै सरकारले एकतर्फी रुपमा युद्धविरामको घोषणा गरेको समाचारमा जनाइएको छ ।

टाइगर पीपुल्स लिबरेसन फन्ट (टीपीएलएफ) का प्रवक्ता गेटाच्यू रेडाले विद्रोहीको दवावका कारण सरकारले इकतर्फी युद्धविराम गरेको बताएका छन् ।

उनले आफूहरुका मागप्रति सरकार सकारात्मक रहेमात्र वार्ता प्रक्रिया अघि बढ्ने पनि बताएका छन् ।

यता संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मानवीय सहायता आवश्यक रहेको ठाउँमा तत्काल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

उनले राजनीतिक रुपमै समस्याको समाधान खोजेर इथियोपियाको द्वन्द्व समाधानको पहल गर्ने बताएका हुन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु