Information is intelligence
HomeNewsसर्वोच्च अदालतले न्यायसंगत फैसला गर्ने विश्वास गरौं : देउवा

सर्वोच्च अदालतले न्यायसंगत फैसला गर्ने विश्वास गरौं : देउवा

- Advertisement -spot_img

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार गठनका विरुद्धमा सर्वोचच अदालतमा सुनुवाई जारी रहेको अवस्थामा सर्वोच्चले संविधानको पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली काँग्रेसलगायत पाँच विपक्षी गठबन्धनले सोमबार नागरिक समाजका अगुवाहरुसँग वर्तमान राजनीतिक तथा समसामयिक विषयमा गरेको अन्तरक्रियात्मक कार्यक्रममा नागरिक अगुवाहरुले उठाएका प्रश्नको उत्तर दिँदै देउवाले साे कुरा बताएका हुन् ।

राष्ट्रपति स्वयंले प्रतिनिधिसभा विघटन गरेर वैकल्पिक सरकार गठनका लागि आव्हान गरेपछि पनि सरकार गठनका लागि लगिएको प्रस्ताव बदर गर्नु संविधान विपरीत रहेको देउवाले बताए । उनले संविधानको धारा ७६ को ५ बमोजिम कुनै पनि प्रतिनिधिसभा सांसदका सदस्यले बहुमतको आधार प्रस्तुत गर्न सकेको अवस्थामा राष्ट्रपतिले सरकार नियुक्त गर्न सक्ने भन्ने वाक्यांश अनुरुप आफूहरुले सरकार गठनको दाबी गरेको पुनः दोहोर्रएका हुन् । स्वतन्त्र न्यायपालिकाले न्यायसंगत फैसला गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु