Information is intelligence
HomeNewsनिर्माणाधीन पक्की पुल भत्काइयो

निर्माणाधीन पक्की पुल भत्काइयो

- Advertisement -spot_img

वीरेन्द्रनगर — सुर्खेतको दुई नगरपालिका जोड्ने निर्माणाधीन पक्की (मोटरेबल) पुल भत्काइएको छ । भेरीगंगा र गुर्भाकोट नगरपालिका जोड्ने निर्माणाधीन पक्की पुलको संरचना बिग्रिएपछि भत्काइएको हो ।

सडक निर्माण विभागअन्तर्गतको पुल महाशाखा नेपालगन्जमार्फत पुल निर्माणको काम भइरहेको थियो । भेरीगंगा नगरपालिकास्थित जहरेतर्फ पर्ने पुलको ‘बिम’ ढलान गर्ने बेलामा हावाहुरीका कारण बिग्रिएको थियो । ‘स्ल्याब बिग्रिएको देख्दादेख्दै किन बनाउने भनेर सबैको सल्लाहमा भत्काइयो,’ उनले भने, ‘भत्काइएको पुलको सरकारबाट कुनै भुक्तानी दिइएको छैन, अहिले भएको क्षति कन्ट्याक्टरले नै व्यहोर्ने गरी भत्काइएको हो ।’

निर्माण भएका तीन ‘बिम’ मध्ये एउटा भत्काइएको पौडेलले बताए । आगामी वर्षभित्र पुल निर्माणको काम सक्ने कार्यालयको लक्ष्य छ । करिब ६ महिनाको अवधि लगाएर बनाइएको पुलको उक्त संरचना भत्काइएपछि म्याद अब ६ महिना लम्बिने भएको छ । ०७५ मा निर्माण कम्पनी आशिषचन्द्र/वसन्त जेभीले पुल निर्माणको जिम्मा लिएको थियो ।

ठेकेदार कम्पनीले पुल निर्माणको लागि १४ करोड रुपैयाँमा सम्झौता गरेको छ । पुल निर्माण कार्य सुरु भएको दुई वर्षसम्म भेरीगंगातर्फको जग्गा विवादका कारण काम हुन सकेन । गत वर्ष दोस्रोपटक म्याद थप भएपछि मात्रै निर्माण कम्पनीले पुलको काम सुरु गरेको हो । इन्जिनियर पौडेलका अनुसार अहिले जग्गा विवाद समाधान भएपछि सालको रूख काटेर पुलको काम भइरहेको छ । गुर्भाकोटतर्फ भने दुइटा पिल्लर र बीचतर्फको काम पनि भएको उनले बताए । सुपरस्ट्रक्चरतर्फ भइरहेको काम हावाहुरीका कारण बिग्रिएपछि भत्काइएको उनले बताए ।

दोस्रोपटक थप भएको म्याद आगामी फागुनमा सकिँदै छ । निर्माण कम्पनीले भने आगामी आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरेको छ । असार मसान्तसम्म उक्त पुलको ६० प्रतिशत काम पूरा हुने इन्जिनियर पौडेलले बताए ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु