Information is intelligence
HomeNewsत्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

त्रिविका सहप्राध्यापक शंकर भण्डारीको निधन

- Advertisement -spot_img

त्रिभुवन विश्वविद्यालयको खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिचन्द्र क्याम्पसका पूर्वसहायक क्याम्पस प्रमुख डा. शंकरप्रसाद भण्डारीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका-१० चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।

मंगलबार साँझ सडकबाट कार खोलामा खसेपछि गुल्मीको छत्रकोट गाउँपालिका-१ निवासी ५२ वर्षीय भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट तत्काल उद्धार गरी बुटवलको रामनगरस्थित गौतमबुद्ध मुटु अस्पतालमा पुर्‍याइए पनि अस्पतालमा पुग्दा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरेका थिए ।

कार भण्डारी आफैले चलाएका थिए । कार खोलामा खसेपछि घाइते भएका उनको खोलामा डुबेको अवस्थामा उद्धार गरिएको थियो । भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । उनी बुबाको वार्षिक पुन्यतिथीमा सरिक हुन काठमाडौबाट बुटवल गएका थिए । उनको आज पशुपती आर्यघाटमा अन्त्यष्टी गर्ने तयारी रहेको परिवारिक श्रोतले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु