Information is intelligence
HomeInternationalदक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिनाको जेल सजाय

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिलाई १५ महिनाको जेल सजाय

- Advertisement -spot_img

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकाेब जुमालाई १५ महिनाको जेल सजाय दिइएको छ । अदालतको आग्रहलाई वेवास्ता गरेको भन्दै दक्षिण अफ्रिाकाको उच्च अदालतले जुमालाई हिजो(मंगलबार) जेल सजाय दिएको हो ।

जुमाले आफ्नो कार्यकालमा भ्रष्टाचार गरेको आरोपमा एक आयोगले अनुसन्धान गरिरहेको थियो । उक्त आयोगका अगाडि जुमालाई पेस हुनका लागि अस्वीकार गरेका थिए। पेस हुन अस्वीकार गरेपछि अदालतले उनलाई सजाय दिएको हो ।

जुमालाई पाँच दिनभित्रमा थानामा हाजिर हुन लगाइएको छ । पाँच दिन भित्रमा थानामा नआए प्रहरीले उनलाई गिरफ्तार गर्नेछ ।

अदालतले सजाय खारेज नहुने बताएको छ । भ्रष्टाचार अनुसन्धान आयोले जुमालाई दुई वर्षको जेल सजाय हुनुपर्ने उल्लेख गरेको थियो । जुमाले पटकपटक आयोगलाई सहयोग गर्नुको साटो जेल जाने बताउँदै आइरहेका थिए ।

जुमा सन् २००९ देखि २०१८ सम्म करिब नौ वर्ष राष्ट्रपतिको पद सम्हालेका थिए । तीन वर्ष पहिला जुमाको कार्यकाल समाप्त हुनुभन्दा केही महिना पहिला नै अफ्रिकन नेसनल कांग्रेस पार्टीले उनलाई राष्ट्रपति पदबाट हटाएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु