Information is intelligence
HomeNews१ लाख बढी रकमसहित ५ जुवाडे पक्राउ

१ लाख बढी रकमसहित ५ जुवाडे पक्राउ

- Advertisement -spot_img

दाङमा एक लाखभन्दा बढी नगदसहित पाँच जना जुवाडे पक्राउ परेका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवाका ३० वर्षीय समिर केसी, ४३ वर्षीय केशव बिक, तुलसीपुर ८ कटकुँईयाका ३३ वर्षीय ईश्वरीप्रशाद भुसाल, २७ वर्षीय दुर्गाप्रसाद डाँगी र ३७ वर्षीय सुमन चौधरी पक्राउ परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक झलकप्रसाद शर्माको नेतृत्वमा खटेको टोलीले कटकुँईयाका बिष्णुप्रसाद शर्माको घरबाट उनीहरुलाई पक्राउ गरेको हो।


इप्रका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएका प्रहरीले शर्माको घरमा जुवा खेलिरहेको सूचनाका अधारमा मंगलबार राति ११ बजेतिर उनीहरुलाई पक्राउ गरेका हुन्।

पक्राउ परेकाहरुको साथबाट एक लाख ९ हजार चार सय ७० रुपैंयाँ नगद र जुवा खेल्न प्रयोग गरिएका ताससमेत बरामद भएको प्रहरीको भनाइ छ।

पक्राउ परेकाहरुलाई इप्रका तुलसीपुरको थुनामा राखेर आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। उनीहरुविरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाएर कानुनी कारबाही गरिने प्रहरीले जानकारी दिएको छ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु