Information is intelligence
HomeNewsगाडीको ठक्करले भरतपुरमा पैदल यात्रीको मृत्यु

गाडीको ठक्करले भरतपुरमा पैदल यात्रीको मृत्यु

- Advertisement -spot_img

गाडीको ठक्करबाट चितवनको भरतपुरमा एक जना पैदल यात्रीको मृत्यु भएको छ।

विराटनगरबाट काठमाडौंतर्फ गइरहेको ना ६ ख ४९२३ नम्बरको गाडीले भरतपुर-१० स्थित बाइपास रोडमा पैदल यात्रीलाई बुधबार बिहान ठक्कर दिएको थियो।

दुर्घटनामा भरतपुर-१२ कस्तुरी टोल बस्ने ७६ वर्षीय बसन्तबहादुर लिम्बुको मृत्यु भएको छ।


ठक्करबाट गम्भीर घाइते भएका लिम्बुलाई भरतपुर अस्पताल पुर्‍याइएको र उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

दुर्घटनापछि फरार रहेका चालकलाई केही समयपछि केन्द्रीय बसपार्कबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु