Information is intelligence
HomeEconomyरुकुम पश्चिममा स्थानीय तहको बजेट ३ अर्ब

रुकुम पश्चिममा स्थानीय तहको बजेट ३ अर्ब

- Advertisement -spot_img

रुकुम पश्चिम : आर्थिक वर्ष २०७८/०७९ का लागि रुकुम पश्चिममा झन्डै ३ अर्बको बजेट पेस भएको छ । जिल्लाका ६ स्थानीय तहका नगर तथा गाउँसभामा २ अर्ब ८६ करोड ३१ लाख ५५ हजार रुपैयाँको बजेट पेस भएको हो ।

जिल्लाका ३ नगर र ३ गाउँपालिकाले बजेट पेस गरिसकेका छन् । पेस भएको बजेटमाथि छलफलपछि पारित गर्ने तयारी भइरहेको छ । असार मसान्तभित्रै गाउँ तथा नगरसभामा पेस भएको नीति तथा कार्यक्रम र बजेट पारित गर्नुपर्ने प्रावधान छ । ३ गाउँपालिकाका गाउँसभामा १ अर्ब ३९ करोड ५६ लाख रुपैयाँको बजेट पेश भएको छ ।

सबैभन्दा बढी सानीभेरी गाउँसभामा ४८ करोड ६३ लाख ६८ हजारको बजेट पेस भएको हो । बाँफिकोटको बजेट ४६ करोड ६७ लाख ६२ र त्रिवेणीको ४४ करोड २४ लाख ९३ हजार रुपैयाँ बजेट छ । नगरपालिकातर्फ सबैभन्दा बढी आठबीसकोटमा ८५ करोड २० लाख छ भने मुसीकोटमा ७९ करोड ५७ लाख र चौरजहारीमा ५८ करोड ६५ लाखको बजेट छ । नगरपालिकातर्फ १ अर्ब ४६ करोड ७५ लाख ३२ हजार २ सय ४० रुपैयाँ पेस भएको छ ।

गाउँसभामा उपाध्यक्ष र नगरमा उपप्रमुखले बजेट पेस गरेका हुन् । यसमा चालु र पुँजीगत बजेट समावेश छ । गाउँ तथा नगरपालिकाको आन्तरिक राजस्व तथा संघीय सरकारको वित्तीय समानीकरण, ससर्त अनुदान, राजस्व बाँडफाँट, संघीय सरकारको समपूरक र विशेष अनुदान पनि बजेटमा समेटिएको मुसीकोट नगरप्रमुख देवीलाल गौतमले बताए । उनका अनुसार प्रदेश सरकारको अनुदान पनि बजेटमा उल्लेख गरिएको छ ।

त्रिवेणी गाउँपालिका उपाध्यक्ष निर्मला विष्टले मंगलबार आगामी आर्थिक वर्षका लागि सम्भावित आम्दानीका स्रोत तथा खर्चको बजेट गाउँसभामा पेस गरिन् । उनका अनुसार सभामा छलफल गरी परिमार्जनसहित बजेट पारित हुनेछ । शीर्षक थपघट भए पनि प्रस्तुत बजेट नै पारित हुने मुसीकोट नगरपालिका उपप्रमुख प्रेमकुमारी सुनारले बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु