Information is intelligence
HomeNewsवैदेशिक रोजगार व्यवसायीद्धारा धरौटी फिर्ता साथै खोप र उडानकोे माग

वैदेशिक रोजगार व्यवसायीद्धारा धरौटी फिर्ता साथै खोप र उडानकोे माग

- Advertisement -spot_img

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कोभिडका कारण उच्च जोखिममा रहेका व्यवसायीहरुलाई कार्यालय सञ्चालन गर्न धरौटी फिर्ता माग गरेको छ ।

साथै वैदेशिक रोजगारीमा जाने कामदार तथा पठाउने व्यवसायीहरुलाई तत्काल कोेरोनाविरुद्धको खोप र हवाइयात्रा सहजीकरणको माग पनि गरेको छ ।

एसोसिएसनले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै विगत दुई वर्षदेखि कोभिडका कारण कार्यालय बन्द गरेका व्यवसायीहरुलाई उच्च जोखिमयुक्त अवस्थाबाट बाहिर निकाल्न धरौटी फिर्ता लगाएका इन्सेन्टिभ दिनुपर्ने माग गरे ।

साथै नेपाली कामदार जाने विशेष गरी मध्यपूर्वका रोजगारदाता मुलुकहरुले खोप अनिवार्य गरेकोले सरकारले तत्काल त्यसतर्फ ध्यान दिनुपर्ने माग गरिएको छ ।

विज्ञप्तिमा कोभिडविरुद्धका खोप पूरा नगरेका कामदारहरुलाई स्वीकार नगर्ने भन्ने जानकारी आउन थालेको र कामदारहरुको छनोट, पूर्व एवं अन्तिम स्वीकृति जस्ता प्रशासनिक कार्य गर्दा सञ्चालक एंव कर्मचारीहरु प्रत्यक्षरुपमा परिचालित हुनुपर्ने अवस्थालाई मध्यनजर गर्दै सबै ८ सय ५४ वटै म्यानपावर कम्पनीका सञ्चालक र कर्मचारी एवं विदेश जाने कामदारहरुका लागि अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु