Information is intelligence
HomeNewsआज देशभर ५ विद्यार्थी संगठनहरु विरोध प्रदर्शन गर्दै

आज देशभर ५ विद्यार्थी संगठनहरु विरोध प्रदर्शन गर्दै

- Advertisement -spot_img

प्रतिगमनविरोधी ५ विद्यार्थी संगठनले संयुक्त रूपमा आज (बुधबार) देशैभर विरोध प्रदर्शन गर्दै छन्।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लामा ५ विद्यार्थी संगठनका स्थानीय नेतृत्वको अगुवाइमा विरोध प्रदर्शन गर्न लागिएको अखिल (क्रान्तिकारी) का प्रवक्ता जीपी मैनालीले जानकारी दिए।


बिहान ११ बजेपछि आआफ्ना स्थानका मौसम अनुकूलता हेरेर संसद् विघटनलगायत प्रतिगमनविरुद्ध प्लेकार्ड प्रदर्शनदेखि प्रधानमन्त्रीको पुत्ला जलाउनेसम्मका कार्यक्रम गरिने उनले बताए।

उनका अनुसार नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) ले संयुक्त रूपमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु