Information is intelligence
HomePoliticsमहाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी हुँदैनौं : सुरेन्द्र पाण्डे

महाधिवेशन आयोजक कमिटी बैठकमा सहभागी हुँदैनौं : सुरेन्द्र पाण्डे

- Advertisement -spot_img

काठमाडौं– नेकपा (एमाले)को माधव नेपाल पक्षका नेताहरुले महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी नहुने बताएका छन्।

एमाले नेता सुरेन्द्र पाण्डेले कमिटी नै अवैधानिक भएकाले बैठकमा सहभागी नहुने बताए। ‘सर्वोच्च अदालतले खारेज गरिसकेको कमिटीको बैठकमा सहभागी हुँदैनौं,’ पाण्डेले भने।

यसअघि माधव नेपाल पक्षले उठाउँदै आएको माग सम्बोधन गर्न महाधिवेशन आयोजक कमिटी भंग गर्ने र नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय हिजोको बैठकले गरेको थियो।

आगामी बेठकमा सहभागी हुने वा नहुने भन्ने विषय पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको कदमबाट तय हुने उनको भनाइ छ।

- Advertisement - Get it on Google Play

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

लोकप्रिय