Information is intelligence
HomeNewsसंवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय

संवैधानिक इजलास : प्रधानमन्त्रीका वकिललाई बहस गर्न ७ घण्टा समय

- Advertisement -spot_img

संवैधानिक इजलासमा बुधवार पनि सरकारी वकिलको बहस जारी हुनेछ । सरकारी वकिलले ५५ मिनेट बहस गरेपछि प्रधानमन्त्रीका कानुन व्यवसायीको बहस शुरु हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता सुशील पन्तले बुधवार बहस शुरु गर्ने बताइएको छ । पन्तपछि पूर्व महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नेछन् । डा. भण्डारीले आफुलाई ४५ मिनेट समय छुट्याइएको बताए । प्रधानमन्त्रीका कानुन व्यवसायीका लागी बहस गर्न ७ घण्टा समय छुट्याइएको छ ।

बुधवार ५५ मिनेट भित्र महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ताहरु गोपाल प्रसाद रिजाल, संजिवराज रेग्मी, लोकराज पराजुली, खेमराज ज्ञवाली, उद्धव प्रसाद पुडासैनी र उप न्यायाधिवक्ता दशरथ पंगेनीले बहस गर्नेछन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु