Information is intelligence
HomeNewsमानव बेचविखन उद्धार, फिर्ति पुनः एकिकरण तथा पुनस्थार्पनाको चुनौती विषयमा छलफल

मानव बेचविखन उद्धार, फिर्ति पुनः एकिकरण तथा पुनस्थार्पनाको चुनौती विषयमा छलफल

- Advertisement -spot_img

१५ असार २०७८ काठमाडौँ, शर्मिला विश्वकर्मा : मानव बेचविखन विरूद्धको राष्ट्रिय सञ्जाल –(एटविन) द्वारा हिजो मङ्गलवार मानव बेचविखन उद्धार, फिर्ति पुनः एकिकरण तथा पुनस्थार्पनाको चुनौती’ विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमा एटविनका कार्यकारी निर्देशक बेनुमाया गुरूङले आफ्नौ देशमा रोजगार नहुदा विदेशीनु पर्ने बाध्यता भएको र बेचविखनमा परिने सम्भावना अधिक रहेकोले महिलाहरु बढी बेचविखनमा पर्ने सम्भावना बढी रहेको बताइन् । राष्ट्रिय समावेशी आयोगका सदस्य विष्णुमाया ओझाले मानव बेचविखन कार्य रोक्नाका लागि र बेचिएर उद्धार गरिएका महिलाहरुलाई आवश्यक सहयोग गर्न आफु तयार रहेको बताइन् ।


कार्यक्रममा शक्ति समुहका अध्यक्ष चरीमाया तामाङले मानव बेचविखनमा परेका महिलाको उद्धार, पुनस्थार्पना, आर्थिक सशक्तिकरणसँग जोड्दै सम्भव भए सम्म परिवारसँगको पुनर्मिलनका लागि समुहले जोड दिंदै आएको बताइन् । त्यसैगरी आफन्त नेपालका अध्यक्ष इन्द्रराज भट्टराईले कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी तथा निषेधाज्ञाको समयमा समेत किशोरीलाई भारत पुर्याउने काम नरोकिएको भन्दै यी कार्यमा सबैजनाले सजकता अपनाएर उनीहरुको उद्धार गर्नुका साथै मानव बेचविखनमा लाग्ने व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्ने कुरामा समेत जोड दिएका थिए ।


कार्यक्रममा मानव बेचविखन अनुसन्धान व्युरोमा कार्यरत एसएसपी दुर्गा सिंहले विदेशमा मानव बेचविखनमा परेर अलपत्र परेका व्यक्तिहरुलाई उद्धारपछि पनि पुन : अन्य देशमा रोजगारीका लागि जाने प्रक्रियाले यस विरूद्धको मुद्दा फितलो हुने बताउँदै मानव बेचविखनको अन्त्य गर्नका लागि राज्यले अर्थ पूर्ण नीति ल्याउनु पर्ने र पूर्ण रुपमा कार्यन्वयन गर्न पर्ने कुरामा जोड दिए । त्यसैगरी राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला कुमारी पराजुलीले मानव बेचविखन हुनै नदिनेतर्फ सचेतना तथा रोजगारीमा अभिवृद्धि ल्याउनुपर्नेमा जोड दिदै नेपाली महिला / किशोरी विशेष गरी रोजगारीकै नाममा बेचविखनमा परेका महिलाहरुको उद्धार, पुनर्स्थापनाका लागि र बेचविखनमा पर्नै नदिनका लागि राज्यले विशेष कार्यक्रम ल्याउनु पर्ने र पूर्ण रुपमा कार्यन्वयन गराउनु पर्ने भन्दै यस कार्यमा सक्दो सहयोग गर्ने बताइन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु