Information is intelligence
HomeLiteratureतीन गजल

तीन गजल

- Advertisement -spot_img

१)

अब हुन बाँकी के नै छ र हुने जति भैसकेको हुँ।
कतै घाउ भैसकेको हुँ,कतै औषधि भैसकेको हुँ।

भन्नुहुन्थ्यो- मलाई आफ्नै जिन्दगीको वास्ता लाग्दैन,
के अब म पनि हजुरको जिन्दगी भैसकेको हुँ?

बहुत पुरानो भैसक्यो मेरो बर्वाद हुने सोख पनि,
कसैको प्रेमी पनि त म बर्षौअघि भैसकेको हुँ ।

हिजो नै त हो नि तिमी समुन्द्र बनेर आएको ,
म त तिमीलाई देखेकै दिन नदी भ‌ैसकेको हुँ ।

२)

कोही आउँछ जिन्दावाद भन्छ,नारा खसाल्छ ।
एउटै नाराले पनि त हाम्रो भाइचारा खसाल्छ ।

थोपा सहन सक्दैन चिच्याउँछ टिनको छानो,
आफूले भने बलेसीमा पानीको धारा खसाल्छ ।

संसार अड्याउने प्रेमले पनि त भेदभाव गर्छ
कसैलाई तारा बनाउँछ कसैलाई तारा खसाल्छ ।

उड्न सक्ने घमण्डले चरी मेरो नजिक पर्दैन ,
भनिदिन्थेँ जाल थाप्ने सिकारीले चारा खसाल्छ ।

३)
त्यो सिउँदोमा सिन्दुर हो कि दाग लागेको ?
रातो देख्दा पनि कति धेरै बैराग लागेको ।

मलाई मात्रै हो कि भन्थें उसलाई नि रहेछ,
धेरै पहिलेदेखि यो दुनियाँ मजाग लागेको

याद छ हामी दुई एक भएक‌ै दिनबाट हो,
मेरो बिस्तारा मेरो सिरानी भाग लागेको ।

जनताले त झुपडीमा टुकी बालेका हुन्,
तिम्रा शासकलाई मात्रै हो चिराग लागेको ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

- Advertisement-spot_img

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु