Information is intelligence
HomeNewsदुई महिनापछि आन्तरिक हवाइ उडान

दुई महिनापछि आन्तरिक हवाइ उडान

- Advertisement -spot_img

निषेधाज्ञाको दुई महिनापछि आज बिहीबारदेखि आन्तरिक उडान सुरु भएको छ। सरकारले निषेधाज्ञा खुकुलो बनाउँदै आन्तरिक हवाइ उडानसमेत सञ्चालनको निर्णय गरेपछि नागरिक उडड्यन प्राधिकरणले दैनिक ६७ वटा उडानको अनुमति दिएको हो। यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् ।

यसअघि कोभिड–१९ को संक्रमण चेन ब्रेक गर्न वैशाख २० गतेदेखि अनिश्चितकालका लागि आन्तरिक उडान बन्द गरिएको थियो।

बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्रीएयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई तीन, नेपाल एअर दुई, तारा एअर दुई, समिट एअर दुई र सीता एअर दुई उडान अनुमति दिइएको छ।


पहिलो चरणमा यी वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्‍ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन्।

त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् ।
पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति आज बिहीबार टुंगो लाग्ने जानकारी दिइएको छ।

विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीका अनुसार यात्रुहरुले भौतिक दुरी कायम गर्नुपर्ने, भीड कम गर्न तीन सयजना बस्न मिल्ने गरी अस्थायी स्थानको व्यवस्था गरिएको छ।

प्रत्येक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक उडेपछि स्यानिटाइज अनिवार्य गर्नुपर्ने र यात्रुको लगेजसमेत स्यानिटाइज गरेर मात्र दिने गरी व्यवस्था मिलाइएको तिवारीले बताए।

बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुनेछ । कुल उडान क्षमताको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाइ उडान सञ्चालनमा आएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

सम्बन्धित खवर

लोकप्रिय