Information is intelligence
HomeNewsपहिरोले ठाउँ-ठाउँमा सडक बन्द

पहिरोले ठाउँ-ठाउँमा सडक बन्द

- Advertisement -spot_img

लगातारको वर्षासँगै आएको पहिरोका कारण विभिन्न सडक खण्ड बन्द भएका छन् । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाटमा पहिरोका कारण बिहानदेखि सडक बन्द भएको छ ।

यस्तै, पहिरोका कारण नारायणगढ–मुग्लिङ सडक खण्ड पनि ठप्प भएको छ । चितवनको पाँचकिलोमा गएराति खसेको पहिरोका कारण सडक खण्ड ठप्प भएको हो ।

यस्तै, पाल्पाको तिनाउ गाउँपालिका-३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ । यो सडक खण्डमा हरेक दिनजसो पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका कारण काठमाण्डौ र हेटौँडा जोड्ने सडक पनि बन्द भएको छ ।

कास्कीको घाँसीकुवामा पहिरो खसेपछि पोखरा-घाँसीकुवा सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र नारायणगढ-मुग्लिङ सडक खण्डमा पहिरो पन्छाउने प्रयास भइरहेको छ। राष्ट्रिय राजमार्गका विभिन्न ११ वटा ठाउँमा अझै सडक खुल्न नसकेको सडक विभागले जनाएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु