Information is intelligence
HomeNewsहात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

- Advertisement -spot_img

उदयपुर : उदयपुरमा बुधबार राती जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। राती १० : ३० बजे बस्तीमा प्रवेश गरेको हात्तीलाई धपाउने क्रममा आक्रमण गर्दा बेलका नगरपालिका- २ रामनगरका ४० वर्षीय कमल यादवको मृत्यु भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए। यस क्षेत्रमा बर्षेनी हात्ती बस्तीमा प्रवेश गरी मानविय र धनजनको क्षति पुर्‍याउने गरेको छ। कोसी टप्पु वन्यजन्तु र जंगली हात्ती सामुहिक रुपमा धान पाक्ने समयमा प्रवेश गरी क्षति पुर्‍याउने गरेका छन्।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु