Information is intelligence
HomeNewsपाँचकिलोमा पहिरो खसेपछि मुग्लिनमा सडक अवरुद्ध

पाँचकिलोमा पहिरो खसेपछि मुग्लिनमा सडक अवरुद्ध

- Advertisement -spot_img

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार पानी निरन्तर परिरहेको र पहिरोसमेत झरिरहेकाले पन्छाउन कठिन भएको छ । मध्यरातदेखि पानी परिरहेका कारण पहिरो खसेको र अझै केही ठाउँमा खस्ने क्रम सुरु भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि दुवैतर्फ गाडी रोकिएका छन् भने यात्रु अलपत्र परेका छन् ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु