Information is intelligence
HomeNewsकसुरदार छुटाउने मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कारवाहीको माग

कसुरदार छुटाउने मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई कारवाहीको माग

- Advertisement -spot_img

न्याय  गर्ने निकायको क्षेत्राधिकार माथि हस्तक्षप गरि सरकारका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो अधिकार बाहिर गएर काम गरेको समितिले जनाएको छ । समितिले मन्त्रीलाई समेत कारवाहीको माग गरेको छ । छानविन गर्ने निकायले छानविन गर्न नपाउँदै राज्य शक्तिको दुरुपयोग गर्दै संबिधान विपरित काम गर्ने मन्त्रीलाई कारवाहिका लागि माग गरिएको हो । जातिय बिभेद–छुवाछुत कसुर र सजाय ऐनले बाधा बिरोध गर्नेलाई कसुरदारलाई हुने सजायको आधा सजाय तथा सार्वजनिक पद धारण गरेको कसुरदारलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था रहेको भन्दै समितिले कारवाहीको माग गरेको हो ।

नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ती परिया, दलित मुक्ति मोर्चा चितवनका अध्यक्ष मानबहादुर परियार, नेपाल दलित मुक्ति मोर्चाका अध्यक्ष रामचन्द्र विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्रीक उत्पीडित उत्थान संघका अध्यक्ष मिन विश्वकर्मा, जात व्यवस्था उन्मुलन मोर्चाकी अध्यक्ष लक्ष्मी सुनार, समाज कल्याण संघका सचिब प्रेम सुनार, हाम्रो नेपाल हामी नेपालीकी जिल्ला संयोजक सिमा घताने विश्वकर्मा र परियार सेवा समाजका सचिब बाबुराम छिनालद्धारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा मन्त्रीलाई पदमुक्त गराई कारवाहीको दायरामा ल्याउन समेत सरकार संग माग गरिएको छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु