Information is intelligence
HomePoliticsकाँग्रेसको पदाधिकारी बैठक बस्दै

काँग्रेसको पदाधिकारी बैठक बस्दै

- Advertisement -spot_img

काठमाडौं : नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दै छ । क्रियाशील सदस्यताका सन्दर्भमा छलफल गर्न बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

काँग्रेस सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने प्रयोजनका लागि बैठक बोलाइएको बुझिएको छ ।

बैठकमा शीर्षस्थ नेताले क्रियाशील छानविन समितिका सदस्यसँग छलफल गर्न लागेको समिति सदस्य कल्याण गुरुङले बताए ।

महाधिवेशनको कार्यतालिका अनुसार असार मसान्तसम्म क्रियाशील सदस्यता टुंग्याउनुपर्ने भएपनि मापदण्ड नहुँदा छानविन समितिले निर्णय लिन सकेको छैन ।

क्रियाशील सदस्यताको कामले गति नलिँदा बारम्बार सर्दै आएको काँग्रेस महाधिवेशन पछिल्लो समय भदौँ १६ गतेका लागि तय गरिएको छ । महाधिवेशन गर्नुपर्ने बाध्यकारी अवस्था आएकाले पनि नेताहरु क्रियाशील टुंग्याउन ताकेको देखिन्छ ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु