Information is intelligence
HomeAgricultureझापामा ३७ प्रतिशत रोपाइँ सकियो

झापामा ३७ प्रतिशत रोपाइँ सकियो

- Advertisement -spot_img

झापा : समयमै मनसुन सुरू भएका कारण यस वर्ष झापामा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार समयमा नै मनसुन सुरू भएका कारण असार १ गतेबाट नै कृषकले धान रोपाइँ थालेका हुन् ।

जिल्लामा ८७ हजार ५ सय हेक्टरमा धान खेती हुँदै आएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा चार लाख ११ हजार २ सय ५० मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत आर्थिक वर्ष झापामा सात प्रतिशतले धान उत्पादन बढेको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यो वर्ष पनि समयमा नै धान रोपाइँ सुुरू भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको छ । झापा नेपालकै धेरै धान उत्पादन गर्ने जिल्लामध्येमा पदर्छ ।

झापामा चैते धान उत्पादनको क्षेत्रसमेत बढेको छ । यस वर्ष झापामा १९ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो ।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु