Information is intelligence
HomeNewsमकवानपुरगढीमा बाढीले दुईवटा पुल बगायो

मकवानपुरगढीमा बाढीले दुईवटा पुल बगायो

- Advertisement -spot_img

मकवानपुरगढी गाउँपालिकामा रहेको दुईवटा पुल बाढीले बगाएको छ। बुधबारदेखि परेको वर्षासँगै सामरी खोलामा आएको बाढीले बन्दै गरेको र सञ्चालनमा रहेको दुईवटा पुल बगाएको हो।

गाउँपालिकाको अध्यक्ष विदुर हुमागाईंको अनुसार वडा नम्वर ३ र ५ को धादिङ र कालीखोलालाई जोड्ने निर्माणाधीन पुल सामरी खोलामा आएको बाढीले बगाएको हो। पाँच करोड ३७ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको पक्की पुल बाढीले बगाएको उनले बताए।

त्यस्तै, सिमलटार र कालीवन जोड्ने फलामे पुल ज्यामिरे खोलाले बगाएको हुमागाईंले जानकारी दिए।

दरबार टाइम्समा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई durbartimes@gmail.com मा पठाउनु होला।

- Advertisement -spot_img
- Advertisement-spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खवर

ट्रेन्डिङ

सिफारिस

धेरै कमेन्ट गरिएका

साताका समाचारहरु